चितवन : नेकपा एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । चितवनको सौराहामा जारी बन्द सत्रमा अध्यक्ष ओलीले पटक पटक आग्रह गरेपनि रावलले आफू धेरै अघि बढिसकेको भन्दै उम्मेदवारी दिने घोषणा गरेका थिए ।

निर्वाचन प्रक्रिया आज विहानका लागि स्थगित गरिएपछि डा. भीम रावलले हिजो दर्ता गर्न नपाएको मनोनयन पत्र आज दर्ता गराउँदैछन । मतदान प्रक्रिया आजै विहान ९ बजेबाट सुरु हुँदैछ । यसअघि केपी ओलीले आज बिहान साढे ३ बजे पदाधिकारीको नामावली घोषणा गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय