नेकपा एमाले पार्टीको १० औ महाधिवेशनमा धनकुटा बाट तिन जना केन्द्रिय सदस्यमा निर्वार्चित भएकाछन् ।
प्रतिनिधि सभा सदस्य एवं एमाले धनकुटा अध्यक्ष राजेन्द्रकुमार राई, प्रदेश सभा सदस्य एवं एमाले नेतृ विनादेवी राई र धनकुटा नगरपालिकाकी उपमेयर एवं एमाले नेतृ शकुन्तला बस्नेत केन्द्रिय सदस्यमा निर्वार्चित भएका हुन ।

पटकपटक उपेक्षामा पर्दै आएको धनकुटामा योपटक भने नेकपा एमालेले ३ जना केन्द्रिय सदस्य पाउन सफल भएको छ । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा रहेका सात वटै पालिकामा एमालेको नेतृत्व ल्याउन सफल बनेका राजेन्द्रकुमार राईलाई केपी ओलीले धनकुटामा आएर म्यान अफ द इलेक्सन घोषणा गरेका थिए । राजेन्द्र कुमार राई अत्यधिक बहुमतका साथ १८३६ मद ल्याउदै केन्द्रीय सदस्यमा विजयी हासिल गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय