दोलखा मङ्सिर १८ । नेकपा माओवादी केन्द्र सैलुङ गाउँपालिका कमिटीको अध्यक्षमा जित कुमार तामाङ सर्ब सहमत चयन भएको छ । शुक्रबार सम्पन्न पालिकाको प्रथम सम्मेलनबाट तामाङको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरिएको हो ।
समितिको चार उपाध्यक्षमा कर्ण बहादुर तामाङ,छोनाम्गेल तामाङ ,पर्बत तामाङ ,नारायण बिक्रम कार्की रहनुभएको छ । त्यसैगरी सचिवमा भैरब काफ्ले, सहसचिवमा सुबास तामाङ , सृजना बस्नेत र कोषाध्यक्षमा शिद्दी श्रेष्ठ चयन हुनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्र दोलखा जिल्ला इन्चार्ज देबि खडका ,विशेष अतिथि बागमती प्रदेश कमिटी सचिबालय सदस्य शंकर लामा,दोलखा जिल्ला प्रदेश १ सभासद विशाल खड्का, लगायत दोलखाका नेताहरुको सहभागिता रहेको थियो ।
अबो सैलुङ्को नयाँ नेतृत्वले सैलुङमा भएको भ्रष्टाचार बिरुद्ध आवज उठानु पर्ने,अहिले जना निबार्चितहरु पहिलेको राजा प्रजा जस्तो हुँदै गएको हुदा यिनिहरुलाइ ठेगान लगाउनु पर्ने र सैलुङ समृद्धिको लागि सधै लाग्नु पर्ने देबि खड्का ले बताउनु भएको छ।
माओवादी केन्द्रले ११ गते देशभर सम्मेलन सम्पन्न गरे पनि सैलुङ गापा को तयारी नपुगेको कारण १७ गते सारेको थियो ।
वाइसीएल सैलुङ गापा कमिटी चयन
बाइसिएल सैलुङ गापा कमिटी सर्बसम्मत चयन गरेको छ । सत्रीत कुमार श्रेष्ठ को अध्यक्षतामा ९९ सदस्य चयन गरेको छ।












