काठमाडौं मङ्सिर १८।नेकपा माओवादी केन्द्र दाेलखा काठमाडौ सम्पर्क समन्वय समितिकाे चौथो सम्मेलन सम्पन्न भएको छ।
आज काठमाडौको जडिबुटीमा भएको सम्मेलनमा नेपाल सरकारको शिक्षा तथा बिज्ञान मन्त्री देवेन्द्र पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । सम्मेलनले मिन बहादुर घिमिरेकाे अध्यक्षतामा ५५ सदस्य कमिटी निर्वाचित भएको छ। तेसैगरी उपाध्यक्षमा हरी प्रसाद फुयाल,पासाङ घिसिङ,मेख बहादुर खाति सचिबमा मायाँ तामाङ सह-सचिब निराेज भण्डारी र कोष अध्यक्षमा सम्सेर खड्का निर्वाचित भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि शिक्षा मन्त्री देबेन्द्र पौडेलले नेकपा माओवादी केन्द्र आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने पक्का छ र पार्टीलाई बलियो बनाउन एकजुट भएर अघि बढ्नुपर्ने बताए ।सम्मेलनमा बिश्व कार्की,देबि खड्का,बिशाल खडका,शंकर लामा लगायत दोलखाको नेताहरुले शुभकामना दिएका थिए ।भने कार्यक्रममा १५ जना भन्दा बढी अन्य पार्टी परित्याग गरि विभिन्न नेता तथा कार्यकर्ता माओवाद केन्द्रमा प्रवेश गरेका थिए ।












