दोलखा मङ्सिर २३।द बर्गर हाउस एन्ड क्रन्ची फ्राइ चिकेन को सस्थापक वसन्त लामाले बिद्यालयको विद्यार्थीलाई न्यनो कपडा हस्तान्तरण गरेको छ ।

दोलखा को मेलुङ गाउपालिकाको श्री भिम माध्यमिक बिद्यालय बुद्धचोक भेड्पुलाई हिजो सामग्री हस्तान्तरण गरेको थियो । लामाले १३५ जना लाई न्यनो कपडा सहित करिब एक लाख पचास हजार भन्दा बढी को सामाग्री हस्तान्तरण गर्नु भएको थियो। युबा ब्यबसाय वसन्त लामा ले यस अघि पनि धेरै ठाउँहरुमा सहयोग गर्दै आउनु भएको थियो।













