काठमाण्डाै – नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपाल सुशासन अभियान नामक पार्टी गठन गर्नुहुने भएको छ ।

नेपाल सुशासन अभियान नामक समूह सञ्चालन गरिरहनुभएका खरेलले भोलि शुक्रवार पत्रकार सम्मेलन गरेर पार्टी गठन गर्न लागिएको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

आज बिहीवार बेलुकी जारी गरिएको विज्ञप्तिमा उहाँले राजनीतिक अस्थिरता, कुशासन, भ्रस्टाचार जस्ता कारणले देशले गति लिन नपाएको भन्दै नयाँ पार्टी गठन गर्न लागिएकाे बताउनुभएकाे छ ।

खरेलले एक नयाँ आयामका रूपमा सबै नेपालीको मर्म बुझ्न सक्ने गरी नेपाललाई  सफल र शक्तिशाली देशका रूपमा स्थापित गर्ने  उद्देश्यले पार्टी गठन गर्न लागिएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय