काठमाडौ मङ्सिर २४।नेपाल तामाङ कलाकार सङ्घको ‘दोस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सव २०७८’आजबाट सुरु भएको छ ।शुक्रबार चुच्चेपाटीको होटेल हायात ग्राउण्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उदघाट्न गरेको छ।
उदघाटनमा मन्त्री आलेले यो मन्त्रालय तपाइहरुकै साथ र हातमा रहेको बताउँदै मेरो कार्यकालमा सक्ने जति सहयोग गर्ने प्रतिबद्धता गरेको थियो।
दुई दिने महोत्सवको मूल आकर्षणको रूपमा ताम्बा संस्कृति‚ तामाङ संस्कृति सभ्यतासँग सम्बन्धित समेटिएको प्रस्तुतिहरू प्रस्तुत हुनुको साथै सेलो‚ म्हेन्दोमाया‚ खन्दोके र फापारे गीत नृत्यहरू प्रस्तुति हुनेछन् ।कार्यक्रम स्थल मौलिक खाना‚ पुस्तक लगायतका स्टलहरूले सजिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय