नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज हुन लागेको मतदानमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् । जारी महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको साझा उमेदवार तय गर्न नेताहरु सहमत नभएपछि असन्तुष्ट बनेका उनी आज मतदान गर्न नजाने उनको सचिवालयले जनाएको छ ।

२४ गते भएको महाधिवेशन उद्घाटन समारोहमा सहभागी भए यता उनी महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी छैनन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले मझदारमा आएर आफू मैदानबाहिर रहेको बताएका थिए । “चौधौँ महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु,” उनले भनेका थिए, “प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझदारमा आएर प्रतिष्पर्धाको मैदान छाड्नुपर्ने अवस्थामा म पुगेँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय