हेटौंडा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार मन्त्रिमण्डल विस्तार गरेको छ। विस्तार गर्न गरिएको मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट विशाल खड्का, रत्न ढकाल र घनश्याम दाहाल थपिएको छ। मंगलबार तीन मन्त्री थपिएसँगै बागमती सरकार अब ९ सदस्यीय भएको छ। बागमतीमा पाँच दलीय गठबन्धनको सरकार छ।
घनश्याम दाहाल चितवनका प्रदेश सांसद हुन् रत्न ढकाल काभ्रेका सांसद हुन् भने विशाल खड्का दोलखा को सांसद हुन। यसअघि गत कात्तिक २५ मा दुई जना मन्त्री थपेर ६ सदस्यीय बनाइएको थियो। त्यसबेला माओवादी केन्द्रबाट शालिकराम जमकट्टेल र नेपाली कांग्रेसबाट निमा लामा मन्त्री भएका थिए।

त्यसअघि कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला तथा कानुन, कुमारी मोक्तान समाजिक विकास र कृष्णलाल भँडेल भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय