,

विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा एक लाख २४ हजार २४८, बेलायतमा ८८ हजार ३७६, फ्रान्समा ६० हजार ८६६, जर्मनीमा ५३ हजार ५७, स्पेनमा २८ हजार ९०० र इटलीले २६ हजार १०९ जना संक्रमित थपिएका छन् ।यही अवधिमा ४ लाख ७१ हजार २२३ जना कोरोनामुक्त भएका छन् भने ६ हजार ३२९ जना संक्र्रमितको मृत्यु भएको छ ।

कोरोनाबाट निको हुनेमा अमेरिकामा ५३ हजार ८१४, जर्मनीमा ५८ हजार ९००, रुसमा ४० हजार ४३४, फ्रान्समा ३४ हजार २८५ जना रहेका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या रुसमा एक हजार १३३, अमेरिकामा ८७३, जर्मनीमा ४७९, फ्रान्समा १८८ र टर्कीमा १६७ जना छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय