दोलखा,पुस६।दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ३ स्थित ढाडेमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज दिउँसो मेलुङ गापाबाट शैलुङ ८ तर्फ जाँदै गरेको बा ६१ प १७०३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा सैलुङ गाउपालिका-८ को डम्बरबाहदुर थपलियाको मृत्यु भएको छ ।
मोटरसााईकल दुर्घटनामा चालक मोहनबहादुर थपलिया गम्भिर घाईते भएको छ भने घाईते थपलियालाई थप उपचारका लागि काठमान्डौँ पठाएको छ।












