काठमाडौ ६ पुस | अमेरिकी परियोजना सैन्य रणनीतिक एम सि सि सदनबाट टेबल टक भनिएको बिरोधमा आज देशै भरि ६ गठनबन्धन कम्युनिस्ट पार्टी र दुई मोर्चाले  बिरोध सभा गरेका छन ।

बानेश्वर स्थित बिरोध सभामा  देशभक्त जनगणतान्त्रीक मोर्चाका केन्द्रीय सदस्य शारदा महत, देजमो को अध्यक्ष तथा क्रान्तिकारी माओवादी पार्टिका स्थाई समितिका सदस्य सिपि गजुरेल (गौरव), मसालका प्रवक्ता  पुरी , बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टिका संयोजक देशभक्त दुलाल (आहुती), नेपाल कम्युनिस्ट पार्टिका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी मालेका सिपि मैनाली नेपाल कम्युनिस्ट पार्टी माओवादीका सचिबलय सदस्य धर्मेन्द्र बास्तोला (कन्चन) लगयत नेताहरु वक्ताको रुपमा थिए ।सबै वक्ताहरुले अमेरिकी परियोजनालाई केही सत्तमा रहेका संसदीय बिदेशी दलालहरुले बिकासको नाम दिई  नेपाल देश र नेपालिहरुको बिनास गर्न लागेका बताए |५५ अरबको ललिपप देखाई नेपाल देशको स्रोत र साधनमाथी कब्ज गर्ने र अर्को चीन संगको कुरुपतालाई नेपाल देशमा निसान बनाउने अर्को सैन्य रणनीतिक भएको  बताए |आन्दोलनकारिलाई दबाउन शासकहरुले बल प्रयोग गरि केही कर्याकर्ताहरुलाई घाइते बनाएको भन्दै  त्यतिले डराउदैनौ बरु यो त समान्य आन्दोलनको रेहलसन मात्र हो, पुरै सडक तताउने र साम्राज्यवादका योजान खारेज गर्ने दिन त बाँकी नै  छ भनेर पनि सबै नेताहरुले अहिलेको सत्तसिन देउवा सरकारलाई चुनौती दिए।

अब यतिले मात्र हुदैन स्थानिय बासी र केही सन्चारकर्मी लगायत देशका आम नेपाली जनताहरुलाई  एम सिसि को बारेमा ज्ञान् नभएकाले सबैले जनमानसमा यो परियोजना अनुदानको नाममा घातक र देशको संविधान बिपरित भएकाले जनचेतना जगाउदै सबै देशप्रेमिलाई एक ढिक्का बनाई यो देशको संबैधानिक ब्यबस्था नै परिबर्त गर्नु पर्ने देजमो का अध्यक्ष को भनाई थियो ।

देशमा राजनितिक ध्रुवीकरण भएकाले दुई किसिमका जनता, नेता कर्याकर्ता, प्रहरी प्रशासन र संचारकर्मी रहेकाले सबैको लेखाजोखा काला सुचिमा राखी त्यसको जवाफ भोलि नेपाली जनताद्वरा नै हुनेछन भन्दै सबैलाई देशको अस्तित्व जोगाउन आह्वान गरिएको थियो  । भने सांसद भवनमा आज एम सि सि परियोजना बारे छलफल स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय