नेकपा एमाले पार्टी जिल्ला कमिटी धनकुटाले जिल्लाको सात वटै तहमा पौष १२ गते कार्यकर्ता भेलाको आयोजना गर्ने

नेकपा एमाले पार्टी जिल्ला कमिटी धनकुटाले भखरै चितवनमा सम्पन्न महाधिवेबनको शन्देशलाई व्यापक रुपमा प्रचारप्रसार गर्न तथा पार्टी प्रवेश कार्यक्रमलाई व्यापक बनाउन जिल्लाको सात वटै तहमा पौष १२ गते कार्यकर्ता भेलाको आयोजना गरेको छ । जिल्लाको सात वटै तहमा एकै साथ महाधिवेबनको शन्देशलाई व्यापक रुपमा प्रचारप्रसार गर्न तथा पार्टी प्रवेश कार्यक्रमलाई व्यापक बनाउन कार्यकर्ता भेलाको आयोजना गरेको नेकपा एमाले पार्टी जिल्ला कमिटी धनकुटाले जानकारी दिएको छ ।

उक्त कार्यकर्ता भेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न नेताहरुलाई मुख्य वक्ताको रुपमा तोकिएको छ । चौबिसे गाउपालिकामा प्रदेश संसद निरन राई , साँगुरिगढी गााउपालिका प्रदेश संसद इन्द्रमणी पराजुली , शहिदभुमि गाउपालिका केन्द्रिय सदस्य शकुन्तला बस्नेत ,छथरजोरपाटि गाउपालिका केन्द्रिय नेता गोपाल गुरागाई ,पाख्रीबास नगरपालिका प्रदेश कमिटी सदस्य गणेश राई, महालक्ष्मी नगरपालिका केन्द्रिय सदस्य बिना देवि राई र धनकुटा नगरपालिकामा प्रदेश उपाध्यक्ष टिकाराम चेमजुङ रहेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय