काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आसन्न राष्ट्रिय सम्मेलनमा पेस गरिने प्रतिवेदन तयार पारिएको छ । उक्त प्रतिवेदनमाथि शुक्रबार बस्ने स्थायी समिति बैठकमा छ्लफल हुने एक नेताले जानकारी दिए ।
स्थायी समिति बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । बैठकमा राष्ट्रिय सम्मेलनसँग सम्बन्धित अन्य विषयमा पनि छलफल हुने ती नेताले बताए ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११ देखि नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ ।












