भारतीय सर्वेक्षण विभागले काली महाकाली नदीको नामै फेरेर नयाँ नक्सा जारी गरेको छ। हालै जारी गरिएको भारतको राजनीतिक नक्साको दशौं संस्करणमा काली नदीलाई ‘कुटी याङ्ती’ भनेर देखाइएको छ।  अंग्रेज भाषामा प्रकाशित यो नक्सामा भारतले कालापानी क्षेत्रको नेपाली भूभागलाई आफ्नोतिर पार्ने गरी महाकाली नदीको नाम फेरेको देखिन्छ।

भारतले निकालेको नयाँ नक्सामा लिम्पियाधुरा मुहान भएको काली ९कुटी याङ्ती० र लिपुखोलाको दोभानदेखि तल ९दक्षिणलाई० को भागलाई मात्र काली भनिएको छ।

जबकि यसअघि निकालेको नक्सामा लिम्पियाधुरा मुहान भएको नदीलाई काली भनेर उल्लेख थियो। यसअघिका सबै नक्सामा लिम्पियाधुराबाट निस्कने नदीलाई नै काली ९महाकाली० भनिएको छ।

भूगोलका प्राध्यापक डा। नरेन्द्रराज खनाल भारतले नेपाली भूमि आफ्नोमा पार्न यस्तो प्रपञ्च रचेको बताउँछन्। उनी भन्छन्, “दशौं संस्करणको नक्सामा देखाइएका कुटी याङ्ती भन्दा ठूला नदीहरू जस्तै धौली वा गार्मा नदीको नाम नलेखिनु र सानो नदी ९कुटी याङ्ती० को नाम लेखिनुले काली नदी ९लिम्पियाधुराबाट बग्ने० देखि पूर्वको नेपालको भूभाग हडप्ने प्रयासको रुपमा हेर्न सकिन्छ।”शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको  पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले नेपालको ४६०।२८ वर्ग किलोमिटर भूभाग अतिक्रमण गरेको छ। २ नोभेम्बर, २०१९ मा नेपाली भूभाग समेत आफ्नो तिर पारेर भारतले आठौं संस्करणको नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो। यद्यपि त्यो नक्सामा काली नदी स्पष्ट रुपमा भारततर्फ पारिएको थियो।

नेपालमा त्यसको विरोध भएपछि फेरि अर्को नक्सा जारी गरेको थियो। ८ नोभेम्भर, २०१९ मा निकालेको दोस्रो नक्सामा भारतले काली नदी गायब पारेको थियो।

नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा राखेपछि नेपालले संवाद मार्फत समस्याको निकास चाहेको थियो। भारतले वेवास्ता गरेपछि नेपालले लिम्पियाधुरा सहितको चुच्चे नक्सा ७ जेठ २०७७ मा जारी गर्‍यो।

भारतले कालापानी हटाएर सन् २०१९ मा निकालेको दोस्रो नक्सा। तस्वीरस् भारतीय सर्वेक्षण विभाग
त्यो नक्सालाई नेपालले ३१ जेठ २०७७ मा संसद्‌बाट पारित गरिसकेको छ। नक्सामा उल्लेख भए अनुसार काली नदी पूर्वको कुटी, गुन्जी, गर्ब्याङ लगायतका भूभाग नेपालको हो।

नेपाल(अंग्रेज युद्ध रोक्न सन् १८१६ मा सुगौली सन्धि भएको दश वर्षपछि सन् १८२७ मा इस्ट इन्डिया कम्पनीले निकालेको नक्सामा पनि लिम्पियाधुरा मुहान भएकै नदीलाई स्पष्ट रुपमा काली नदी भनिएको छ।

भारतले सन् २०१९ मान निकालेको नक्सामा काली ९बायाँतिर० र अहिले निकालेको नक्सामा ९दायाँतिर०।
प्राध्यापक खनाल पछिल्लो नक्सामार्फत भारतले नेपालले संविधान संशोधन गरेर राखेको चुच्चे नक्सालाई चुनौती दिएको बताउँछन्। उनी भन्छन्, “नेपालतर्फको सिमानालाई उसले कति महत्त्व दिएको छ भन्ने भारतको दशौं संस्करणको नक्साले जनाउँछ।”

भारतले लिपुलेक सहित तिब्बत प्रवेश गर्ने तीन वटै नाका आफ्नोमा पार्न खोजेको देखिन्छ। यो विषयमा नेपाल सरकारले तुरुन्तै भारतसँग कुटनीतिक संवाद गर्नुपर्ने खनालको सुझाव छ।

भारतले हालसालै प्रकाशन गरेको दशौं संस्करण सन् २०२० को राजनीतिक नक्सामा काली नदीको नाम पुनः संशोधन गरेको छ। सुगौली सन्धिको समयतिर ब्रिटिस सर्भेयर क्याप्टेन डब्लूएस ओबले १८१५ देखि १८१९ सम्म उक्त क्षेत्रको सर्भेक्षण गरी निर्माण गरेको नक्सामा काली नदी भनेर लेखिएकोमा भारतले अहिले निकालेको नक्सामा कुटी याङ्ती नाम दिएको छ। काली भनेर लिम्पियाधुराबाट बग्ने काली नदी र लिपु खोलाको दोभानभन्दा तल नाम राखिएको छ।

सन् २०१७ र २ नोभेम्बर २०१९ मा प्रकाशित नक्सामा धौली वा दर्मा खोलालाई काली नदी भनी लेखिएको थियो। त्यो नक्सालाई लिएर नेपालमा विरोध भएपछि भारतले आफ्नो नक्साबाट काली भन्ने शब्द हटाएर ८ नोभेम्बर, २०१९ मा पुनः नक्सा निकालेको थियो। अहिले सन् २०२० को दशौं संस्करणमा काली भनी अर्कै ठाउँमा देखाइएको छ।

भारतले कहिले कुन कहिले कुन नदीलाई काली नदी भनेर नक्सा निकाल्नुलाई दुई किसिमबाट हेर्न सकिन्छ। पहिलो, भारत नक्सा निर्माणरप्रकाशन गर्ने कार्यमा संवेदनशील छैन र जथाभावी नक्सा प्रकाशन गर्दछ। दोस्रो, विभिन्न नदीलाई विभिन्न नक्सामा काली नदी नाम दिएर मानिसलाई भ्रमित पारी नेपाल(भारत सीमा निर्धारण गर्ने कार्यमा बाधा पुर्‍याउन चाहन्छ।

भारतलाई थाहा हुनुपर्ने कुरा हो की कुटी याङ्ती भन्नाले स्थानीय भाषामा काली नदी हो, जुन लिम्पियाधुराबाट बग्दछ। भारतले लिम्पियाधुराबाट बगी आउने काली ९कुटी याङ्ती० र लिपुखोलाको दोभानदेखि तल ९दक्षिणलाई० मात्र काली  भनी उल्लेख गरेको छ। उक्त नक्सामा देखाइएका काली ९कुटी याङ्ती० भन्दा ठूला नदीहरू जस्तै धौली वा गार्मा नदीको नाम नलेखिनु र सानो नदी ९कुटी याङ्ती० को नाम लेखिनुले काली नदी ९लिम्पियाधुराबाट बग्ने० देखि पूर्वको नेपालको भूभाग हडप्ने प्रयासको रुपमा हेर्न सकिन्छ।

नेपालले उक्त क्षेत्र आफ्नो संशोधित राजनीतिक तथा प्रशासनिक नक्सा भित्र राखिसकेको छ। नेपालले आफ्नो नक्सामा राखेको उक्त क्षेत्रलाई नेपालमा पर्ने गरी दुई देशबीचको सीमा निर्धारण गर्ने तर्फ विशेष पहल गर्नु पर्दछ। भारतले पनि सुगौली सन्धिताका निकालिएका नक्साहरूलाई मान्यता दिई लिम्पियाधुराबाट बग्ने काली नदीलाई दुई देशबीचको सीमा निर्धारण गर्न मञ्जुर हुनपर्दछ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय