काठमाडौ । काठमाडौंस्थित श्रीलङ्का दूतावासले नेपालका नागरिकका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन–ईटीए) सुविधा लागू गरिएको जानकारी दिएको छ। श्रीलङ्का सरकारले नेपाली नागरिकलाई लक्षित गर्दै यो व्यवस्था लागू गरेको हो।

दूतावासका अनुसार नेपाल अब श्रीलङ्काले निःशुल्क पर्यटक ईटीए सुविधा प्रदान गरेका ४० देशको सूचीमा समावेश भएको छ। यो व्यवस्था २५ मे २०२६ देखि लागू भएको बताइएको छ।  

नयाँ व्यवस्थाअनुसार नेपाली नागरिकले श्रीलङ्का भ्रमणका लागि शुल्करहित पर्यटक ईटीए प्राप्त गर्न सक्नेछन्। यद्यपि, श्रीलङ्का यात्रा गर्नुअघि अनिवार्य रूपमा अनलाइन माध्यमबाट ईटीए स्वीकृति लिनुपर्ने व्यवस्था भने यथावत् रहनेछ।  

श्रीलङ्का सरकारका अनुसार निःशुल्क ईटीएअन्तर्गत पर्यटकहरूले ३० दिनसम्म बस्न पाउनेछन् भने डबल–इन्ट्री सुविधा पनि उपलब्ध हुनेछ। अर्थात् पहिलो प्रवेशपछिको वैधता अवधिभित्र दुई पटकसम्म प्रवेश गर्न सकिनेछ।  

यो निर्णयले नेपाल–श्रीलङ्का पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने तथा नेपाली पर्यटकका लागि श्रीलङ्का भ्रमण सहज र किफायती हुने अपेक्षा गरिएको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय