भारत ।भारतको बोधगया बौद्व धर्मलम्बीहरुको ४ धाम मध्ये एक महत्त्वपूर्ण धाम हो। जहाँ भगवान् गौत्तम बुद्वले बुद्वत्व प्राप्तगरेको ठाउँ हो।महाबोधि मन्दिर परिसर, बोध गया बिहार राज्यको राजधानी पटनाबाट ११५ किलोमिटर दक्षिणमा रपूर्वी भारतको गया जिल्लाको मुख्यालयबाट १६ किलोमिटर टाढा अवस्थित छ।
यो भगवान बुद्धको जीवनसँग सम्बन्धित चार पवित्र स्थलहरू मध्ये एक हो, र विशेष गरी बुद्धत्व प्राप्तिसँग सम्बन्धितछ। महाबोधि मन्दिर परिसर ईसापूर्व तेस्रो शताब्दीमा सम्राट अशोकले बनाएको पहिलो मन्दिर हो, र वर्तमान मन्दिर ५औं–६ औं शताब्दीको हो। यो पुरानो बौद्ध मन्दिरहरू मध्ये एक हो जुन पूर्णतया इट्टामा बनेको छ । बोधगयामा रहेकोवर्तमान महाबोधि मन्दिर परिसरमा ५० मिटर अग्लो भव्य मन्दिर, वज्रासन, पवित्र बोधिवृक्ष र बुद्धको ज्ञान प्राप्तिकाअन्य छवटा पवित्र स्थलहरू छन्, वरिपरि रहेका छन् । प्राचीन भोटिभ स्तूपहरू छन्,स्तूप छ्योर्तेन भित्री मध्यद्वारा माभगवान् गौत्तम बुद्वको मुर्ति प्रतिमा सुनले पोतिएको झलल बलिरहेको अवस्थामा छ ।
विश्व भरका बौद्व भिक्षुहरु ,सामान्य साधक तथा भक्त जनले मोन्लम पाठ गर्ने गर्दछ । बुद्धको ज्ञान प्राप्तिका अन्यछवटा पवित्र स्थलहरूमा बुद्वले ६ वर्ष सम्म हाड र छाला मात्र हुने गरि ध्यान तपस्या गरेको ठाउँ , ढुङ्गश्वरी गुफा , लुडकावा ,सुजता विहार ,निरञ्जना नदी , शरनाथ , सोना भण्डार, तातोपानी, सम्राट् विम्वीसरको जेल, वेनुवन, गृद्दकुटपर्वत, नालन्दा विश्वविद्यालय , राजगिरा लगायतका स्थलहरुमा दर्शन तथा हेर्न मानिसहरु पुग्ने गरेकाछन् ।
बोधिवृक्ष भनेको पिपलको रुख छ त्यही मुनि बुद्धको ज्ञान प्राप्तगरेको ठाउँमा विश्व भरका बौद्व धर्म लम्बीले ध्यानसाधाना गर्दछन् । विगत २८ वर्ष (सन् 1996) देखि काग्यु मोन्लम छेन्मो ( महापुजा ) आयोजना हुदै आईरहेकाछन् । परम् पावन १७ ओै ग्याल्वा कर्मापा रिन्पोछे ठिले थाये दोर्जेज्यूको प्रमुख आतिथ्यमा हरेक वर्ष डिसेम्बर १५ देखि २१(Dec 15-21) सम्म सञ्चालन हुने गर्दछ । यश वर्षको “काग्यु मोन्लाम् छ्योन्मो-2024” भखरै विश्व भरका बौद्व धर्मगुरु , भिक्षु, सामान्य साधाकहरुको भव्य उपस्थितिमा सम्पन्न भएकाछन् । मोन्लमा शान्त , प्रचुर ऊर्जा रआरामदायी आनन्द, मैले पाए । परम पावन १७ औं ग्याल्वा कर्मापा ठिले थाये दोर्जेले काग्यु मोन्लाममा बोधिवृक्षमुनिप्रार्थना गरिरहनुभएको थियो। जब जब कर्मापा महाबोधि मन्दिरमा आफ्नो सिंहासनमा विराजमान हुनुहुन्थ्यो, उहाँकोआशीर्वाद लिन विभिन्न व्यक्तिहरू र अभ्यासकहरूको समूह अगाडि आउनुहुन्थ्यो। उहाँलाई काग्यु मोनलामप्रायोजकहरू र विभिन्न रिनपोछे र लामाहरूद्वारा मण्डला प्रसाद र प्रबुद्ध शरीर, वाणी र दिमागको प्रतीकात्मकउपहारहरू पनि प्रदान गरिएको थियो। कर्मापाले पनि कर्मापा गोन्पामा हरेक दिन भिक्षु र सामान्य साधकहरूलाई आशीर्वाद र धर्म सल्लाह दिनुभयो।
कर्मापाले बुद्ध प्रतिमालाई सुनको रंगको नयाँ कोट चढाउन भएको थियो।महाबोधि मन्दिरका पूज्य भिक्षुहरूमध्ये एकले बुद्धको सम्पूर्ण शरीरमा सुनको पेन्ट लगाएको बेला कर्मापा र उनकाभिक्षुहरूले भव्य मूर्तिको अगाडि प्रार्थना गरेका थिए । बोधिवृक्ष मुनि पुगेका सबै मानिस मानौ बर्शौ देखिको परिचितलाग्ने , नजिकको आत्मियता महसुस हुने शान्त वातावरण मोन्लमको गुन्जिरहेको ध्वनि एवम् श्वरहरलेमनमस्तिस्कलाई छुने आहा छुट्टै आन्नद मानौ सुन, मणि, हिरा रत्नले भरिएको सन्सार छु भन्ने आभास हुने ।
जिवनमा एक चोटि पाईला टेक्न सकिए पनि करोडौं पुन्य सन्चय हुने विश्वास छ । अब सबैलाई सुनेपछि कर्मपाको विषयमा बुझ्ने जान्ने ईच्छा हुन्छ मेरो जस्तै मइले कर्मापा र काग्यु बुद्विजम विषयमा बुझ्ने अध्यययन गर्ने क्रम जारी छसोहि क्रममा संछिप्तमा तिब्बत मा ४ वटा परमपरा मध्ये काग्यु कर्मपा एउटा प्रमुख परम्परा हो। काग्यु परम्परा भित्र कर्मपा उपाधि प्राप्त गर्नु भयो भने नालन्दा बौद्व विश्व विद्यालयमा तत्कालीन मुसलमान शासक बग्दाद् खिल्जिलेआक्रमण गरेर ध्वस्त बनाएको समयमा नालन्दा विश्वविद्यालयको अन्तिम खेन्पो उपाध्याय कास्मिरका महापण्डितशाक्यश्री भद्र तिब्बत प्रस्थान गरेपछि तिब्बतमा कर्मापा संग भेट भयो, त्यतिबेला दिसुम खेन्पा मात्र थियो उहाँ कर्मपाको उपाधि पाएपछि कर्मापाको नामले प्रख्यात भए , तिब्बतको ४ वटा परम्परा मध्ये सबभन्दा पहिला हिमालयबुद्विजम भित्र टुल्कु परम्परा (निर्माणकाय परम्परा) को सुत्रपात गर्ने प्रमुख व्यक्ति उहाँ हुनुहुन्छ ,उहाँ भन्दा कुनै टुल्कुथिएन , उहाँले प्रथम दिसुम खेन्पोले सुत्रपात गरेको हुनाले दोस्रो कर्मपा कर्मपछि बल्ल निर्माणकायको स्थापित भएकोमान्निछ त्यसै कारणले उहाँ अहिले महा धर्म गुरु १७ ओै अवतारी ग्याल्वा कर्मपा ठिन्ले थाये दोर्जे हुनुहुन्छ , दुइजिनलोपोन रिम्पोछे दावा साङ्बो योल्मोपाबाट जानकारी लिने बुझ्ने अवसर पाए ।
उहाँ बौद्व विश्व विद्यालय लुम्बिनीबाट बुद्विजम अध्ययन गरि राष्ट्र पति डा. रामवरण यादव बाट लोपोन रिम्पोछे र परम्पावन १७ औं ग्याल्वा कर्मापाबाट दुङ्जिन् रिन्पोछे उपाधि पाउनु भएको पाँचपोखरी थाङ्पाल–१, सिन्धुपाल्चोक, योल्मो क्षेत्र निवासी दुङ्जिन लोपन रिम्पोछे हुनुहुन्छ ।