ब्रह्माण्डको सबैभन्दा पहिलो तारा खोज्ने उद्देश्यसहित दश अर्ब डलर खर्च गरेर बनाइएको जेम्स वेब टेलिस्कोप शनिवार अन्तरिक्ष यात्रामा निस्किएको छ।

दक्षिण अमेरिकाकी फ्रेन्च गुयानाको एरियन रकेटबाट इतिहासकै सबैभन्दा ठूलो भनिएको जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण गरिएको हो।
उक्त उडान पृथ्वीको कक्षमा ३० मिनेटभन्दा कम समय रहेको थियो र केन्याको मालिन्डीस्थित एन्टेनाले प्रक्षेपण सफल भएको सङ्केत प्राप्त भएको पुष्टि गरेको थियो। चन्द्रमामा एपोलो मिसनमार्फत अन्तरिक्षयान पुर्‍याउने प्रमुख भूमिका खेलेका वेबको नाम दिइएको यो नयाँ टेलिस्कोप हबल टेलिस्कोपको उत्तराधिकारी हो।अमेरिकी, युरोपेली र क्यानडाली अन्तरिक्ष एजेन्सीमा काम गर्ने इन्जिनियरहरूले यो नयाँ टेलिस्कोप हबलभन्दा १०० गुणासम्म शक्तिशाली हुने बताएका छन्।

अन्तरिक्षमा अवस्थित एउटा चट्टानलाई धक्का दिने योजनामा नासा
एउटा यस्तो ग्रह जहाँ चट्टानको वर्षा हुन्छ अनि लाभाको समुद्र छ । उक्त टेलिस्कोप बोकेको रकेटले पृथ्वी छाड्दा अमेरिकी अन्तरिक्ष निकाय नासाका एक जना टेलिभिजन प्रस्तोता रब नाभिसले जेम्स वेबले ब्रह्माण्डको जन्मतर्फको यात्रा पुन सुरु गरेको बताए। उक्त टेलिस्कोपलाई पृथ्वीबाट पठाइएको हेर्न आतुर भएका मानिसहरू पनि उक्त क्षणलाई लिएर तनावमा थिए। विश्वभरका हजारौँ मानिसहरू उक्त परियोजनामा पछिल्लो ३० वर्षयता कार्यरत थिए।

एरिअन एउटा विश्वसनीय वाहक भए पनि रकेटको सन्दर्भमा प्रक्षेपणहरू सफल नै हुन्छन् भन्ने निश्चित छैन। जटिल कार्य
तर शनिवारको प्रक्षेपण अबको छ महिनामा हुनुपर्ने जटिल शृङ्खलाबद्ध कामको सुरुवात मात्रै हो। उक्त टेलिस्कोप पृथ्वीभन्दा करिब १५ लाख किलोमिटर पर पुर्‍याइनेछ।
यो टेलिस्कोपले अन्य ग्रहहरूमा जीवनको सङ्केतहरूको पनि अध्ययन गर्ने वैज्ञानिकहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय