चरिकोट पुस २३।नेकपा एमाले दोलखाको दशौं जिल्ला अधिबेशन आज देखी सुरु भएको छ ।

देशभर एकै साथ सुरु भएको जिल्ला अधिबेशनको नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्नु भएको थियो । एमाले दोलखाको अध्यक्ष ईश्वरचन्द्र पोखरेलको अध्यक्षतामा भएको जिल्ला अधिबेशनमा एमालेका पोलिट्ब्युरो सदस्य आनन्द पोखरेल, पार्वत गुरुङ, इश्वोरी रिजाल , एमाले दोलखाका इन्चार्ज सरस्वती बस्नेत , रचना खड्का, प्रेश चौतारी नेपालका अध्यक्ष गनेश बस्नेत ,प्रदेश सदस्य श्याम बस्नेत लगाएतको नेताहरु को उपस्थिति रहेको थियो।
आज बाट सुरु भएको जिल्ला अधिबेशनले दोलखामा नयाँ कार्यसमिति चयन हुनेछ । जिल्ला को ९स्थानीय तहबाट साढे सात सय प्रतिनीधि अधिबेशनमा सहभागी भएका छ्न । नयाँ नेतृत्व लागि सकभर सर्वसम्मत चयन गर्ने तयारी पार्टीको तयरी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय