धनकुटा पुस २४।मुलुककाे भाग्य भविष्य निर्माण गर्नका लागि ७ अाै जिल्ला अधिवेशन महत्त्वपूर्ण रहेको पार्टीका जिल्ला सहईन्चाज तथा धनकुटा नगरपालिकाकाे उपमेयर सकुन्तला बस्नेतले बताउनुभयाे ।

शुक्रबार ७ अाै जिल्ला अधिवेशनलाई सम्बाेधाेन गर्दै यस्तो बताउनु भएको हाे ।मुलुककाे भाग्य भविष्य काेर्ने मिसन अझै पूरा गर्न बाकि रहेकाले पार्टीको विधान र घाेषना पत्र अनुसार अगाडि बढ्न सबै नेता कार्यकतालाई अाग्रह गर्नुभयो । धनकुटाकाे जनताको भाग्य र भविष्य बनाउने खालकाे अशल र कुशल नेतृत्व चयन हुने उहाँले बताउनुभयो । कार्यक्रममा केन्द्रीय नेता गाेपाल गुरागाई , प्रदेश कमिटी सदस्य गणेश किराँती उज्ज्वल लगायत नेताहरूले शुभकामना मनतव्य राख्नुभएको थियोे । कार्यक्रम पार्टीका जिल्ला उपसचिव तथा प्रदेश संसद निरन राई काे अध्यक्ष्ातामा सम्पन्न भएको थियोे । कार्यक्रमकाे सञ्चालन सचिवालय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले गर्नु भएको थियोे । अधिवेशनमा ८ सय भन्दा बढी प्रतिनिधिकाे सहभागीता रहेको छ ।

अाज शनिबार अधिवेशन दाेस्राे दिन बन्द शस्त्र सञ्चालन हुदै छ । बन्द शस्त्रमा पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै नयाँ नेतृत्व पनि अाजै चयन गर्नेमा नेताहरू जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय