नेपाल कम्युनिस्ट पार्टी (एमाले ) जिल्ला कमिटी धनकुटाकाे शुक्रबार देखि सुरु भएको ७ औ जिल्ला अधिवेशनकाे दाेस्राे दिन शनिबार बन्द सत्र सञ्चालन भईरहेकाे छ । बन्द सत्र पार्टीका उपसचिव तथा राजनीतिक तथा प्रतिवेदन तयारी संयाेजक प्रदेश संसद निरन राइले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै बन्द सत्र शुरू भएको हाे ।

राई द्वरा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा अरु राजनीतिक दल भन्दा नेकपा एमाले पार्टी जनताको अासा र भराेसाकाे केन्द्र बन्दै गईरहेकाे प्रतिवेदनमा उल्लेख छ । पार्टी भित्रकाे केन्द्रीय समस्याकारण प्रचण्ड र माधाव नेपाल छुट्टिएर गएपनि धनकुटाका नेता कार्यकता एक ढिक्का भएर प्रतिगमनकारी विरुद्ध उभिएकाे कारण पार्टी अझ मजबुत भएको दावी गरेकाछन् । माधव नेपालले जन्माएको पार्टीले धनकुटामा एमाले पार्टीलाई न्यून शून्य प्रभाव रहेको विश्लेषण गरिएको छ । त्यस्तै जिल्लामा दाेस्राे पार्टी नेपाली काङ्ग्रेस भएपनि काङ्ग्रेसको सामान्तवादी चिन्तनका कारण जनतामाझ व्यापक निरास र लाेकप्रियता घढ्दै गईरहेकाे प्रतिवेदनमा विश्लेषण गरेकाछन् ।

अागामि दिनमा एमाले पार्टीलाई प्रशिक्षण लगायतका कार्यक्रम गर्न अावाश्यक रहेको समेटिएको प्रतिवेदनमा छ । धनकुटाकाे राजनीतिक पृष्ठभूमि सहित ,विश्व कम्युनिस्ट पार्टीको अवस्था र विभिन्न चरणमा धनकुटाका जनताले कम्युनिस्ट अान्दाेलनलाई लक्ष्यमा पुर्‍याउन पुर्‍याएकाे याेगदानकाे चर्चा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय