नेकपा (एमाले) दोलखा कमिटीको सहमति हुन नसकेको पदमा भएको निर्वाचनमा कूल ८३२ मतदातामध्येबाट ८०७ मत खसेको छ ।

निर्वाचन समितिका अनुसार दुवै पक्षको सहमतिमा आज बिहान ८ बजेबाट मतगणना हुने जनाएको छ ।जिल्लाको दसौँ अधिवेशनमा अध्यक्ष पदमा सहमति हुन नसकेपछि नरबहादुर श्रेष्ठ र भरत दुलालबिच प्रतिस्पर्धा भएको छ भने उपाध्यक्षमा राजेन्द्र मानन्धर, जानुका न्यौपाने, प्रेककुमारी चौलागाँई, कृष्ण बस्नेत र राम बहादुर श्रेष्ठबिच चुनावी मैदानमा उत्रिएका हुन् ।

यस्तै सचिवमा हिरा थोकर र होमप्रसाद पाठकको उम्मेदवारी परेको छ ।अधिवेशन पुस २३ गते बाट  चरिकोटमा भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय