काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले लकडाउन नहुने स्पष्ट पारेका छन् । बिहीबार काठमाडौं कीर्तिपूर अस्पतालमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताए ।
बिगतमा अन्य मुलुकको अवस्था हेरेर नेपालमा लकडाउन गरेपनि अब भने आवश्यकता हेरेर मात्रै लकडाउन गर्ने मन्त्री खतिवडाको भनाइ छ ।
उनले सरकार नागरिकहरुका असहज परिस्थितीमा सँधै साथ रहने बताए ।












