दिवस खड्का ,

धनकुटा
छथर जोरपाटी गाउँपालिका खेलकुद विकास समिति धनकुटाले आयोजना गरेको प्रदेश नम्बर १  पालिका स्तरीय भलिबल खेलको उपाधी भोजपुर को आमचौक गाउँपालिकाले जितेको छ ।
माघे सक्रान्तीको अवसरमा आयोजित भलिबल खेलमा आमचौक गाउँपालिकाले दमक नगरपालिका माथी ३-१ को सेटमा जित निकाल्न सफल भएको थियो । जितसगै आमचौक गाउँपालिका ले प्रथम पुरस्कार अन्तर्गत एक लाख एक हजार एक सय एघार तथा प्रथम ट्रफी जित्न सफल भएको थियो भने दमक नगरपालिका दोस्रो पुरस्कार पचपन्न हजार पाच सय पचपन्न र दोस्रो ट्रफी मा चित्त बुझाउनु परेको थियो । पौष २९ गते बाट संचालित खेलमा ८ टिमको सहभागिता रहेको थियो ।

सेमिफाइनलमा झापा गाउँपालिकालाई हराउदै आमचोक गाउँपालिका र पाख्रीबास नगरपालिकालाई हराउदै दमक नगरपालिका फाइनल प्रवेश गरेको थियो ।


प्रथम र द्वितीय हुन खेलाडिहरुलाई प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद मन्त्री एवम् सङ्घीय सभासद कमल रोका मगर, छ्थर जोरपाटी गा.पा को अध्यक्ष शेर बहादुर लिम्बु, उपाध्यक्ष भिमकला श्रेष्ठले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । भलिबल खेल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मुस्कान लिम्बुलाई नगद तीन हजार, बेस्ट लिफ्टर दिनेश राई, बेस्ट ब्लकर कृष्ण तामाङ, बेस्ट डिफेन्स युगल मगर र बेस्ट स्पाइक रोमन बस्नेतलाई समान रु. दुई हजार पाँच सय ले सम्मान गरिएको थियो । खेलमा नगद सहयोग गर्ने बलदिप राई, मिलन राई, धनकुमारी लिम्बू, गोपाल घिमिरे, तारा रानामगर, योगेन्द्र पुलामी मगर, लोकेन्द्र चापागाई, गणेश थापा, जानू मगर, नारायण कटुवाल तथा मुख्य रेफ्री बिनय राई र सहायक रेफ्री सङ्राम राई लगायतलाई छ्थर जोरपाटी खेलकुद विकास समितिको अध्यक्ष चन्द्र लिम्बुले खादा तथा प्रशम्सा पत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय