धनकुटा ।

सहिदभूमि गाउँपालिका धनकुटा बाट यश वर्ष दशैमा २१ लाख बराबरको खसी बाेकाे विक्रि भएको छ । पछिल्लो समय सहिदभूमि गाउँपालिकामा बाख्रा पालन व्यवसाय बढे संगै गाउँपालिका बाट खसी बाेका निर्यात बढ्न थालेको सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राईले बताउनुभयो । पालिका भित्र प्राए किसानले स्थानीय रैथाने र खरी प्रजातिका बाख्रा पालन गर्ने गरेको अध्यक्ष राईले बताउनुभयो । सहिदभूमि गाउँपालिकाकाे स्थानीय साप्ताहिक हटिया थलथले बजार बाट २ देखि ३ सय सम्म खसी बाेका २१ लाख बराबरको विक्रि गरिएको र आउदै गरेको तिहार सम्म याे भन्दा धेरै खसी बाेका सहिद भूमिबाट निर्यातहुने  गाउँपालिकाकाे  समाजसेवी केशव राईले जानकारी दिनु भयो ।

उक्त थलथले बुधबारे साप्ताहिक हटियामा चाडवाड बाह्यककाे समयमा पनि २ देखि ३ लाखको खसी बाेका किनबेच हुने स्थानीय व्यपारी बलबहादुर राईले बताउनुभयो । दशै बेला अरु समय भन्दा बढी काराेबार भएको उनको भनाइ थियोे । दशैकाे समयमा स्थानीय व्यपारीले तराईको बजार धरान लगायत निर्यात गरेकाछन् भने । जिल्लाकै अन्य पालिकाका स्थानीयले पनि खरिद गरेर लगेको स्थानीय व्यपारीहरुले जनाएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय