धनकुटा ।

नेकपा एमाले धनकुटा नगरपालिका वडा नं १ वडा कमिटीकाे दाेस्राे वडा अधिवेशनले सर्वसम्मत साैगात तामाङ (भुपाल) काे अध्यक्षतामा ३१ सदस्य नयाँ वडा कमिटी गठन गरेकाछन् ।

oplus_1026

यस्तैगरी उपाध्यक्षमा जमुना माेक्तान, सचिव उत्सव छाराहाङ राई , सहसचिवमा सुजन घिमिरे रहेकाछन् । साेहि अधिवेशनकाे अवसरमा वडा कमिटीले वडा भित्रका पार्टीकाे लागि योगदान दिएर निस्वार्थ भावनाले निरन्तर पार्टीलाई सहयोग गर्ने ९० जना जेष्ठ कम्युनिस्टहरुलाई प्रमाणपत्र र अविरले सम्मान गरेको छ । त्यस्तै गरि नेपाली काङ्ग्रेसका धनकुटा नगरपालिका वडा नं २ युवासंघ सभापति ललित घिमिरेले काङ्ग्रेस पार्टी परित्याग गरि आज एमाले पार्टी प्रवेश गरेको छ । घिमिरेलाई खदा तथा माला अविरले पार्टीमा स्वागत गरिएको थियोे । अधिवेशन शुरु हुनु अघि वडाकमिटीले हिलेबजारमा झाकि सहितकाे र्यालि प्रदर्शन गरिएको थियोे ।

उक्त अधिवेशन जिल्ला पार्टी अध्यक्ष शिव आङ्लाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे। कार्यक्रमका  प्रमुख अतिथि जिल्ला कमिटी अध्यक्ष आङ्ला , प्रदेश कमिटी सदस्य चन्द्र बस्नेत , पुर्व राज्य मन्त्री तथा प्रदेश कमिटी सदस्य निरन राई , जिल्ला पार्टी उपाध्यक्ष चिन्तन तामाङ ,पार्टीका काेशिप्रदेस कमिटी स्थानीय तह विभाग सचिव तथा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ , नगर अध्यक्ष अर्जुन छाराहाङले अधिवेशनमा बाेल्नु हुदै ०८४ सालमा एमालेलाई बहुमतमा पुर्‍याउने गरी काममा लाग्न निर्देशन दिनुभएको छ । त्यस्तै गरि उनिहरुले एमाले कमजोर भयो भने बहुमत ल्याउन सकिएन भने पार्टीले चाहे अनुरुप काम गर्न सक्ने वातावरण नहुने भएकाले एमालेलाई शक्तिशाली पार्टीको रुपमा स्थापित गर्न मिसन ०८४– मा एमालेलाई बहुमतमा पुर्‍याउने गरि एमालेरुपी राष्ट्रिय शक्तिलाई निर्णायक ठाउँमा पुर्‍याउन  सबै लाग्नु पर्ने बताउनुभयो ।
पार्टी जिल्ला पार्टी उपसचिव तुलसी राई , जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष ओङद तामाङ , काेशी प्रदेश प्रचारप्रसार तथा प्रकाशन विभाग सदस्य मानवी माेक्तान , जिल्ला सचिवालय , जिल्ला कमिटी , नगरकमिटीका पदाधिकारी सदस्य ,पार्टीका विभिन्न विभाग तथा जिम्मेवारीमा रहका नेताहरूकाे उपस्थिति थियोे ।

oplus_1026

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय