काठमाडौं ,
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सबै प्रकारका आमसभा, भेला र जुलुस रोक्ने निर्णय गरेको छ। माघ मसान्तसम्म धेरै मान्छे भेला हुने कार्यक्रम गर्नमा रोक लगाइएको सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले भने, ‘सबै प्रकारका आमसभा जुलुस भेला माघ मसान्तसम्म सञ्चालन नगर्ने, गोष्ठी बैठक भर्चुअल माध्यमबाट गर्ने, भौतिक उपस्थितिमा स्वास्थ्य परीक्षण गरेर २५ जना कम गर्ने, माघ सात गतेबाट खोप अनिवार्य गर्ने निर्णय गरेको छौँ।’

उनले फिल्म हल, डान्सबार दोहोरीलगायत मान्छेको धेरै जम्मा हुने स्थानमा माघ १५ गतेसम्म बन्द गर्ने उनले बताए। विद्यालय पनि सोही मितिसम्म भौतिक उपस्थितिमा बन्द गर्ने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय