६ माघ ०७८, काठमाडौं ।  सुनको भाउ बिहीबार पनि बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक हजार रुपैयाँले बढेको हो । बुधबार पनि सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२८५ मा कारोबार भएकोमा आज बढेर तोलामा १३१५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय