८ माघ ०७८, सप्तरी । कोरोना संक्रमणका कारण सप्तरीमा थप एक जना पुरूषको शुक्रबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका– ७ का ६५ बर्षीय एक पुरूष रहेका छ्न् । विरामी परेपछि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
उपचारकै क्रममा शुक्रबार मृत्यु भएको विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनीलकुमार यादवले जानकारी दिए । उनले भने, झमृतकले कोरोनाको खोप दुबै डोज खोप लगाए पनि उनी विभिन्न रोगबाट पीडित रहेका थिए ।’
यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका– १ कि ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । न्युज कारखाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय