९ माघ ०७८, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जीपमा बाटो माथीबाट ढुंगा खसेर लागेको हो । दुर्घटनामा सिद्धिचरण नगरपालिका – १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका– १ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिनपा–१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका–१ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ । उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय