१४ माघ ०७८, ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाले सोनाम ल्होसारको अवसर पारेर ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गाँउपालिकाले यही माघ १९,२० र २१ गते ३ दिन ल्होसारको अवसरमा विदा दिन लागेको हो । गत माघ ७ गते बसेको कार्यपालिकाको बैठकले पारित गरेपछि यो विदा दिन लागेको गाँउपालिकाका अध्यक्ष गोपि स्याङतानले बताए ।
बौद्ध धर्मालम्बीहरुको बाहुल्य रहेको यस गाँउपालिकाको नाम समेत बुद्ध दर्शनमा आधारित कोञ्ज्योसोम राखिएको थियो । कोञ्ज्योसोम गाँउपालिकामा झण्डै २३ प्रतिशत तामाङ समुदायहरुको बसोबास भएको गाँउपालिका हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय