१४ माघ ०७८, काठमाडौं ।  सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

आजको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको छ । यस्तै भेटमा बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षाका साथै आसन्न तिनै तहको निर्वाचनका सन्दर्भमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय