काठमाडौं । तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा सार्वजनिक विदा दिइएको छ ।

काभ्रेपलाञ्चोकका दुई गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

काभ्रेपलाञ्चोकको रोशी, तेमाल गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष) का अवसरमा आगामी माघ १८, १९ र २० गते तीन दिन विदा दिने निर्णय गरेको हो ।

गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालय, सङ्घसंस्था र बैंक तथा वित्तीय संस्थाहरू तीन दिनका लागि सार्वजनिक बिदा दिइएको छ ।

तामाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकाले ल्होछारको दिन १९ गते परेकाले सो दिनको एक दिनअघि र एक दिनपछि गरी तीन दिनसम्म सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले जानकारी दिनुभयो ।

तामाङ समुदायको बाहुल्य रहेको पालिकाभित्र संविधानले दिएको अधिकारको प्रयोग गरी तीन दिनसम्म सार्वजनिक बिदा दिँदै आएको लामाले बताउनुभयो ।

अर्कोतिर तेमाल गाउँपालिकाले पनि ल्होछारका अवसरमा तीन दिन बिदा दिइएको छ ।गाउँपालिकाको माघ १३ गतेको निर्णयअनुसार ल्होछारको अवसरमा तीन दिनसम्म पालिकाअन्तर्गतका सबै कार्यालयहरू, सम्पूर्ण शैक्षिक संस्थाहरू, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय