सोनाम ल्होसार पर्व मनाउन शैलुङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायको बाहुल्य क्षेत्र रहेको शैलुङमा पालिकाले (बाघ बर्ष)ल्हो सोनाम ल्होसार मनाउन तीन दिन बिदा दिने निर्णय गरेको हो ।

तामाङ बाहुल्य क्षेत्र रहेकाले उक्त समुदायलाई पर्व मनाउन तीन दिन बिदा दिने निर्णय गरेको शैलुङ गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताए । उनका अनुसार शैलुङका विद्यालय, र पालिकाअन्तर्गतका सबै कार्यालयलाई पर्व मनाउन सार्वजनिक बिदा दिइएको छ ।कोभिडका कारण तामाङ समुदायलाई स्वास्थ्य मापदण्ड पालना गरेर घरघरमै पर्व मनाउन पालिकाले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय