तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार आज (बुधबार) देशभर मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायहरुले ल्होसार पर्व मनाएका हुन् । गत काठमाडौंको टुँडिखेलमा हरेक वर्ष ल्होसारको रौनकता छाउने भएपनि यसवर्ष भने कोरोना महामारीलाई मध्यनजर गर्दै साँस्कृतिक कार्यक्रम हुन सकेन ।
काठमाडौको टुडिखेलमा नभएपछि नेपाल तामङ घेदुङले आज राष्ट्रिय नाचघर जमलबाट जुम भर्चुअल मार्फत ल्होसार कार्यक्रम आयोजना गरेको थियो ।कार्यक्रममा नेपाल सरकारको पर्यटन मन्त्री प्रेम आले को उपस्थितिमा नेपाल टेलिभिजन र धर्म टेलिभिजन ले प्रत्यक्ष प्रसारण गरेको थियो।कार्यक्रममा मन्त्री आलेले तामाङ समुदायले ५ दिन सम्म हर्ष उल्लास साथ मनाउने चार्डलाई सरकार सङ्ग बर्सैबिछे बिदा मागी राख्नु नपर्ने र आगामी बर्ष देखि पात्रोमा नै बिदा हुने गरि मन्त्री परिषद बाट पारित गर्ने बताउनु भयो ।
कार्यक्रममा चन्द्र कुमार दोङ,इन्दिरा गोले,सिला बहादुर मोक्तान ,कुन्ती मोक्तान,प्रेम लोप्चन लगायत राष्ट्रिय सेलो गायकहरुले सेलो गीत प्रस्तुत गरेको थियो।सरकारले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय