सहिदभुमि गाँउपालिका  नडा नं १ सफाईटार लामेचौरमा जारी नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको उपाधि अजम्वरी युवा क्लबले जितेको छ ।

मितेरी युवा क्लबको आयोजनामा माघ १६ गतेदेखि सञ्चालित फुटबल प्रतियोगिताको फाइनल खेल अन्तरगत अजम्वरी युवा क्लब र नाम्जे युवा क्लब बिच प्रतिस्पर्धा भएको थियो । अजम्वरी युवा क्लब फेदी सागुरीगढीले  नाम्जे युवा क्लबलाई २ का विरुद्ध ३ गोल लगाउदै नौंव छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो । विजयी संगै अजम्वरी युवा क्लबले नगद १ लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउन सफल भएको छ । त्यस्तै खेलका उपविजेता नाम्जे युवा क्लबलाई पनि ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष गुर्दा खड्काले जानकारी दिनुभयो ।

त्यस्तै गरी खेल अबधीभर सर्वाधिक गोलकर्ता  नाम्जे फुटवल क्लवका जर्सी न ८ सौरज राउत जम्मा ६ गोल लगाउदै सर्वाधिक गोलकर्ता घोषणा गर्दै नगद ४ हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै गरी अजम्वरी युवा क्लव जर्सी न २ कृष्ण राईलाई उत्कृष्ट खेलाडी घोषणा गर्दै नगद ४ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि संघिय प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राई , कार्यक्रमका विशेष अतिथि सहिदभुमि गाउपालिका अध्यक्ष मनोज राई क्लबका अध्यक्ष दुर्गा खड्का लगायत कार्यक्रमका अतिथिहरुले खेलाडिहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय