२३ माघ ०७८, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर–बिजोर प्रणाली हटेको छ ।

आज बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । आज राति १२ बजेदेखि लागू हुने गरी जोर–बिजोर प्रणाली हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको हस्ताक्षरमा जारी गरिएको सूचनामा जनाइएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको थियो । तर पछि सार्वजनिक सवारीमा जोर बिजोर हटाएर निजी सवारीमात्र कायम राखिएको थियो । आजदेखि त्यसलाई पनि हटाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय