२५ माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

मंगलबार हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै थापाले भनेका छन्, ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु ।’

थापाले मंगलबार नै एक विज्ञप्ति जारी गरी पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताएका छन् ।

उनले अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गत मंसिरमा भएको पार्टी महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको दावी गरेका थिए र त्यसको छानबिन गर्न माग गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय