सैलुङ, फागुन १३गते । यहि २० गते दोलखाको शैलुङडाँडामा शैलुङ साहित्यिक महोत्सव २०७८ भब्य हुनेभएको छ । शैलुङ गाउँपालिकाले पर्यटकीयस्थल शैलुङडाँडाको प्रचारप्रसार एवम जिल्लामा साहित्यिक प्रवद्र्धनका लागि आगामी शुक्रबार महोत्सव हुना गहिरहेको छ ।
समुद्री सतहबाट करिब ३३सय मिटर उचाइमा सैलुङडाँडा रहेको छ । शैलुङडाँडा प्रकृतिले सुन्दरस्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ । शैलुङडाँडामा सयवटा सुन्दर थुम्काथुम्की डाँडाहरू छन् ।
शैलुङडाँडा दोलखा जिल्लाको मात्र नभई नेपालकै रमणीय पर्यटकीयस्थलको रूपमा परिचित छ ।
विभिन्न साहित्यकार, लेखकहरुबाट सैलुङ्को सुन्दर ठाउँको महिमा गाउने महोत्सबको मुख्य उद्देश्य रहेको छ।

राष्ट्रियस्तर र स्थानीय सहित करिब सय जना भन्दा कविहरु सहभागिता हुनुको साथै चर्चित कलाकारहरुको बेजोड प्रस्तुतिहरु रहनेछ।करिब १५ लाख रुपियाँ आनुमानित खर्च हुने सो कार्यक्रमका लागि सैलुङ पालिकाले खर्च गर्ने भएको छ ।
महोत्सवलाइ नेकपा (एमाले) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय