दोलखा
शैलुङ गाउपालिका ५ काटाकुटीको वडा कार्यलय भवन उदघाटन एक औपचारिक समारोहका बिच सम्पन्न भएको छ ।
कार्यबाहक वडा अध्यक्ष को सभापतित्वमा सम्पन्न उदघाटन समारोह मा प्रमुख अतिथी शैलुङ गाउपालिकाका अध्यक्ष भरत प्रसाद दुलाल, बिशेष अतिथी उपाध्यक्ष लाल माया योन्जन तथा शैलुङ ८ का वडा अध्यक्ष रामेश्वर उप्रेती लगाएत राजनैतिक दल, सामुदायिक बिद्यालय, स्वास्थ्य, सामुदायिक बनका प्रतिनिधि लगायत स्थानिय ब्याक्तित्वहरुको उपस्थितमा सम्पन्न भएको छ ।

कार्यक्रममा बिशेष अतिथि लाल माया योन्जनले शैलुङ गाउपालिकाको ८ वटा वडा निर्माण भईसकेका वडा कार्यलय मध्ये उत्कृष्ट भवन भएको र बिकास निर्माणमा शैलुङ ५ ले लिएको नीति सिङ्गो गाउपालिकाले अनुकरण गर्न आबश्यक रहेको बताउनु भएको छ।
वडा कार्यलय निर्माणको क्रममा किरण बस्नेत र आफूले रकम ब्याबस्थापन तथा भवन निर्माणको निमित्त चरिकोटमा गरिएको दुख स्मरण गर्दै रामेश्वर उप्रेतीले हाम्रो सपना पूरा भएको र शैलुङ गाउपालिकाले अदभूत कामहरु ५ बर्ष को समय अबधी भित्र भएका छन र ती बिस्तारै देखिन थालेका छन । अहिलेका जनप्रतीनिधिले गरेका कामको तुलाना अब आउने जनप्रतिनिधि को कार्यकालसङ्ग मात्रै हुने बताउदै अब हरेक बिकास मा नमुना योग्य काम गर्दै शैलुङ को नमुना बनाउन लागिपर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा वडा सचिब एलिजा आचार्यले उदघाटन समारोहलाई स्वागत गर्दै निर्माण सम्पन्न सुन्दर भवन बाट सुन्दर सेवा प्रवाह गर्न को निमित्त हामी कर्मचारी निरन्तर खट्ने बताउनु भयो । त्यस्तै निर्माण उपभोक्त समितीका अध्यक्ष नवराज कार्कीले भवन निर्माणको निमित्त जग्गा उपलब्ध गराउन गरिएको पहल तथा भवन निर्माण जस्तो ऐतिहासिक जिम्मेवारी निर्बाह गर्ने अबसर पाएकोमा खुसी व्यक्त गर्नु को साथै वडा समितीलाई धन्यबाद समेत दिनुभएको छ ।

कार्यक्रममा जग्गा दाता मनमाया खड्का, जिबनाथ खड्का, सन्तोष खड्का, सन्तोषि खड्का तथा निर्माण उपभोक्त समिती का अध्यक्ष नवराज कार्की लाई सम्मान पत्र मार्फत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय