फागुन १५, काठमाडौँ । नेकपा माओवादी केन्द्र काठमाडौं सैलुङ गाउँ पालिका अन्तर्गत वडा– काठमाडौं सम्पर्क समन्वय कमिटिहरु गठन गरेका छन् ।

शनिवार सैलुङ काठमाडौं सम्पर्क समन्वय समिती अध्यक्ष यज्ञ बाहदुर खड्काको सभापतित्वमा भएको वृहत भेलाबाट चार वडाहरुको कमिटि गठन गरेका छन् । विभिन्न पेसा व्यवसाय तथा अध्ययनका लागि सैलुङबाट काठमाडौँ आएर बसेका सैलुङ गाउपालिकाका माओवादी नेता कार्यकर्ताहरुलाई जोड्ने अभियान अन्तर्गत कमिटि गठन गरेको अध्यक्ष खड्काले बताएका छन् । नेकपा माओवादी केन्द्रका नेता शंकर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाबाट सैलुङ वडा १– काठमाडौं सम्पर्क समन्वय समितका कमिटिमा अध्यक्ष रामलाल घिसिङ त्यस्तै वडा २ सम्पर्क कमिटिमा अध्यक्ष प्रबिन वाइबा रहेका छन् ।
काठमाडौं सैलुङ गाउपालिका वडा ३– काठमाडौं सम्पर्क समन्वय समितीमा अध्यक्ष बिजय कुमार श्रेष्ठ भने वडा ४-काठमाडौं सम्पर्क समन्वय समिति अध्यक्ष फुर्बा योन्जन रहेका छन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले एमसिसी नेपाल को कानुन भन्दा माथी भएको भन्दै कुनै हालत मा एमसिसि पास गर्न दिनु हुदैन बताएका छन् भने नव गठित कमिटिहरुलाई शुभकामना व्यक्त गरे ।

कार्यक्रममा कुल बहादुर बुडाथोकी ,निला कुमार श्रेष्ठ, रिमाल बाबू श्रेष्ठ , ज्योति श्रेष्ठ , हरि खड्का ,मीन कुमार गिमिरे लगायत थुप्रै नेताहरु अतिथि थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय