दोलखाको सैलुङ गाउपालिका फेरि विवाद भएको छ ।दोलखाको शैलुङ गाउँपालिकाले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले यहि २० गते सैलुङमा आयोजना हुने साहित्यिक–सांस्कृतिक महोत्सव उपस्थितिको लागि गाउपालिकाको लेटरहेडको दुरुपयोग गरेको पाइएको छ ।
उक्त कार्यक्रममा स्थानीय सहभागिता निमन्त्रणाको लागि गाउँपालिकाकाले लेटरहेडको दुरुपयोग गरेर आफ्नो पार्टी नेताको प्रचार गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलाेचना हुन थालेको छ ।सो कार्यक्रममा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सवको आयोजना गर्दैछ ।
गाउँपालिकाका प्रशासकीय अधिकृत सन्तोष दाहालले जारी गरेको सूचनामा राजनेता केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुन गइरहेको कार्यक्रममा सम्पूर्ण, कर्मचारी, जनप्रतिनिधि लगायतलाई गरिमामय उस्थितिका लागि आह्वान गरिएको छ । यो कार्यक्रम आगामी शुक्रबार आयोजना हुँदैछ ।
सैलुङ गाउपालिका यस भन्दा पहिला गाउपालिकाको सडकको नाम आफ्नै कार्यकर्ता तथा नेताको नाममा नामकरण गरेको भन्दै चर्को विवादमा परेको थियो ।













