राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिकाे बैठक सम्पन्न भएको छ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बैठकलाई सम्बोधन गर्दै ठूला दलका छलछामबाट वाक्क जनताले राप्रपाबाट विकल्प खोजेको, गुणात्मक परिवर्तन चाहेको बताएका छन् भने राप्रपा वैकल्पिक शक्तिकाे रूपमा आओस् भन्ने जनताले चाहेकाे र‘राप्रपा वैकल्पिक शक्तिको रूपमा आओस् भन्ने जनचाहना छ भने यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो । निश्चित पनि यस मानेमा, राप्रपाले महाधिवेशनपछि फड्को मारेको बताउनु भयो।
‘कांग्रेस, एमाले र माओवादीको छलछाम र कामबाट वाक्क भएर राप्रपालाई जनताले आशाका साथ हेरीरहेका छन् । राष्ट्रवादी, प्रजातान्त्रिक छवी भएको राप्रपाबाट सुधार प्राप्त होस् भन्ने जनताले अपेक्षा लिएका छन्,’ राप्रपा नेता लोहनीले भने, ‘यो लहर, लहरले दिएको शक्ति सदा उपलब्ध नहुन सक्छ । त्यसकारण समयले दिएको शक्तिलाई साथ लिएर यसभन्दा माथि उठ्ने प्रयास गर्नु पर्दछ । यो अवस्था आन्तरिक सुक्षबुझ, एकता र आन्तरिक व्यवस्थापनबाट प्राप्त हुन्छ ।’
लोहनीले कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा पूर्ण तयारीका साथ लाग्न निर्देशन दिए । ‘वातावरण हाम्रो पक्षमा छ,’ उनले भने ।
राप्रपा केन्द्रीय कार्य समितिको बैठक फागुन १८ र १९ गते काठमाडौँमा सम्पन्न भएको छ ।












