काठमाडौ ।मिस तामाङ २०२२’ सम्पन्न भएको छ । यो बर्षको ‘मिस तामाङ २०२२’ को उपाधि रञ्जना स्याङ्बो तामाङले हात पार्न सफल भएकी छिन ।
एमडी ग्रुपको प्रस्तुति तथा मम्स इन्टरनेसनल नेपालले आयोजना गरेको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
मिस तामाङ बिजेता रञ्जनाले उपाधिसँगै एक लाख नगद पुरस्कार तथा गिफ्ट ह्याम्परहरु जितेकी छिन् । उक्त प्रतियोगितामा काभ्रेकी पूजा तामाङ फस्ट रनर अप भइन् भने उनले ५० हजार नगद पुरस्कार हात पारिन् । डिजी लोप्चन भने सेकेन्ड रनरअपमा भएको भन्दै असन्तुष्ट जनाएको थियो।
तामाङ भाषा, धर्म, कला संस्कृति, भेषभुषाको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले १४औं संस्करण मिस तामाङ–२०२२ को आयोजना गरिएको हो । तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडि मोक्तान, डा. दिलबहादुर थोकर, मिस तामाङ २०१७ की पिङ्की घिसिङ, मिस नेपाल २०१९ की अनुश्का श्रेष्ठ र निर्देशक राज किङ वाइबा निर्णायकको भूमिकामा रहेका थिए ।
कार्यक्रममा अनेरास्ववियुका पूर्व अध्यक्ष तथा सभासद नवीना लामाको प्रमुख आतिथ्य तथा मम्स इन्टरनेसनल नेपालका अध्यक्ष रन्जिता लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा १६ प्रतिस्पर्धी हरु ले भाग लिएका थिए ।












