नेपाल तामाङ घेदुङको नवौँ महाधिवेशनको मिति तोकिएको छ ।कोभिड-१९ को कारण पटक पटक स्थगित भएको महाधिवेशन यही फागुन २९, ३० र चैत १ गर्न लागेको हो ।

महाधिवेशन सम्पन्न गर्नको लागि घेदुङले आवश्यक मापदण्ड, प्रतिनिधि सङ्ख्या निर्धारण गर्नुका साथै संस्थागत दायित्व, प्रतिनिधि शुल्क र विभिन्न उपसमितिहरू निर्माण गरी सबै कामको जिम्मेवारी गत वर्ष नै दिइसकेको छ भने नवौँ महाधिवेशनमा प्रदेश, जिल्ला र स्थानीय समितिहरू र प्रवासबाट पनि प्रतिनिधित्व हुने भएको छ।

‘तामाङ भाषा, संस्कृतिको प्रवर्द्धन सहित ताम्सालिङ प्राप्तिको लागि हाम्रो आन्दोलन, दीर्घकालीन सङ्घर्षको योजना सहित जुझारु नेतृत्व चयनमा लागि नवौँ सङ्घीय महाधिवेशन’ भन्ने नाराका साथ एसआर बैङ्क्वाट धुम्बराही चाबहिल, काठमाडौँमा महाधिवेशन हुन लागेको हो ।’

घेदुङको साङ्गठनिक संरचना सङ्घीय ढाँचामा गएपछिको यो पहिलो महाधिवेशन हो । महाधिवेशनमा ५०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय