चरीकोट, फागुन २८।
दोलखाको सदरमुकाम चरीकोटमा रहेको चरीकोट अस्पतालको नाम परिवर्तन गरेको छ ।
अस्पतालको नाम परिवर्तन गरी स्व.पशुपति चौलागाईं को सम्झनामा‘पशुपति चौलागाईँ स्मृति अस्पताल’ राखिएको छ । दोलखा प्रदेश ख बाट निर्बाचित सांसद स्वर्गीय चौलागाईँको स्मृतिमा चरीकोट अस्पतालको बागमती प्रदेशको मन्त्री परिषदले नाम परिवर्तन गरि ‘पशुपति चौलागाईँ स्मृति अस्पताल’ राख्ने निर्णय गरेको थियो । सांसद चौलागाईँको बैशाख २८ गते कोरोना संक्रमणले गर्दा उपचारको क्रममा काठमाडौँमा निधन भएको थियो ।

पहिला नै नामकरण हुने भने पनि हिजो नाम परिवर्तन गरि नया बोर्ड राखिएको छ।उक्त अस्पताल बागमती प्रदेश सरकार अन्तर्गत सञ्चालित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय