काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ४ काब्रेको एउटा सिङ्गै गाउँ नै एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
स्वर्गीय पशुपति चौलागाईं कारण एमालेको गढ रहेको तत्कालिन काब्रे गाविसको उनियाँचौर बस्तिका ४९ र अन्य दुई गरी ५१ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन।
उनियाँचौरको एमालेका प्रभावशाली नेताहरु निलप्रसाद लामिछाने, हरिलाल लामिछाने, कृष्णप्रसाद लामिछाने, दलवहादुर सार्की, गोरेवहादुर सार्की, पदमवप्रसाद लामिछाने, जगन्नाथ दहाल, लालवहादुर दाहाल, शिवराम दाहाल, चन्द्रवहादुर दाहाललगायतका एमालेका स्थानीय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।त्यस्तै काब्रेकै च्यानेका अमृतवहादुर तामाङ र बैतेश्वर २ माझगाउँका उमेश घिसिङ पनि माओवादीमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई नेकपा माओवादीका युवा नेता एवँ बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का लगायत माओवादीका जिल्लास्तरीय नेताहरुले पार्टीमा खादा मालाले स्वागत गराएका हुन् ।












