काठमाडौ,फागुन ।नेपाल तामाङ घेदुङको नवौँ संघीय महाधिवेशन हिजो बाट सुरु भएको छ ।
हिजो देखि काठमाडौँमा सुरु भएको नेपाल तामाङ घेदुङको नवौँ संघीय महाधिवेशनको बन्द सत्र आज ७ बजे बाट सुरु हुने भएको छ।
नबौ महाधिवेशनको उद्घाटन प्रमुख अतिथि घेदुङका पूर्वाध्यक्ष एवं सल्लाहकार परशुराम तामाङले गरेका थियो ।
अधिवेशनको उद्घाटन सत्रमा ताम्ब, बोन्बो र लामा गुरुहरूले आआफ्ना विधिबाट पूजापाठ गरी उद्घाटन गरिएको थियो ।
उद्घाटन सत्रमा तामाङ संस्कृतिसम्बन्धी गीतसङ्गीत तथा झाँकी प्रस्तुत गरिएका थियो ।
त्यस्तै तामाङ भाषाको शिक्षा लागू गरिरहेको ३ वटा गाउँपालिका ललितपुरका कोन्ज्योसोम गाउँपालिका, काभ्रेका मण्डनदेउपुर नगरपालिका र सिन्धुपाल्चोकका इन्द्रावती गाउँकाका अध्यक्षहरुलाई सम्मान गरेको थियो ।
२०१३ सालमा नेपाल तामाङ समिति नामक संस्थाबाट तामाङ घेदुङ भएको हो । २०४७ सालको महाधिवेशनबाट प्रत्येक चार चार वर्षमा महाधिवेशन गर्दै आइरहेका छन् ।

महाधिवेशन चैत १ गतेसम्म चल्नेछ । यस वर्ष ८०० भन्दा बढी सङ्ख्यामा प्रतिनिधि रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय