काठमाडौ ।नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन तीन पछि सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट पुन मोहन गोले अध्यक्ष मा निर्बाचित भएको छ।अध्यक्ष पदका लागि मोहन गोले र बेली लामाको उम्मेदवारी परेको थियो । पटक पटक सहमति गराउने प्रयास गरेपनी सहमति नजुटेपछी भोटिङ मा गएको थियो। मंगलबार सम्पन्न निर्वाचनमा मोहन गोलेको पक्षमा ४०१ मत र बेलि लामाको पक्षमा १०७ मत प्राप्त भएको हो । सह-अध्यक्ष पदमा कुमार घिसिङले ३२१ मत प्राप्त गर्नुभएको छ ।

वरिष्ठ उपाध्यक्षमा रामकृष्ण ब्लोन, उपाध्यक्ष सोमबले तामाङ, नरबहादुर मोक्तान, धर्म डुम्जन र मानबहादुर तामाङ, महिला उपाध्यक्षमा सन्चकुमारी ब्लोन र सिता लामा, महासचिवमा काजीमान थिङ, उपमहासचिवमा जगतमान दोङ र हर्कमान तामाङ, कोषाध्यक्षमा रुपबहादुर योन्जन,सहकोषध्याक्षमा सावित्री तामाङ, सचिवमा जयमान वाइवा, गोमानसिं तामाङ, बेलबहादुर तामाङ र बिनाकुमारी माम्बा निर्वाचित भएका छन।
पदमबहादुर ग्याबक, गोपाल मोक्तान, विष्णु मोक्तान, दिलबहादुर तामाङ, पदम तामाङ, चन्द्रबहादुर तामाङ, धनबहादुर तामाङ, डम्बरी माया घिसिङ, कमला तामाङ, शारदामाया तामाङ, पाल्छाङ योञ्जन, जयमान पाख्रिन, भिमबहादुर घिसिङ, प्रेमध्वज लामा, लक्ष्मी वाइबा, राम्रीमाया तामाङ, दिनेशकुमार तामाङ, अमृत तामाङ, मिनबहादुर लामा, सुवास लामा, फुर्साङ तामाङ, सूर्य पाख्रिन, हिरालाल तामाङ, रोजबहादुर मोक्तान, सुवास लामा, निर्मलबहादुर तामाङ, मेम्बर बहादुर लो, दिना लामा, संगीता तामाङ, पासाङ डोल्मु तामाङ, उषा वाइवा, सितामाया तामाङ, अजय दोङ तामाङ, शुकदेव तामाङ, सुन्दर तामाङ, आशा तामाङ, बिरबहादुर तामाङ, कविराम तामाङ, जानुकला तामाङ, शान्त तामाङ, इन्द्रमाया लामा, लक्ष्मी पाख्रिन, सुनिता थोकर, निशा मोक्तान, श्रमिक लामा सदस्यमा निर्वाचित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय