चैत ४
नेपाल कम्यूनिष्ट पार्टी एमाले जिल्ला कमिटी धनकुटाले आज विभिन्न ४ वटा जनसंगठन निमार्ण तथा घोषणा गरेको छ । पार्टी कार्यलय धनकुटामा आयोजना गरेको एक कार्यक्रमका बिच नेपाल भोतपुर्व सैनिक तथा प्रहरी संगठन , रिटरनी फेडेरेसन नेपाल ,नेपाल भुमिहिन सुकुमबासी संगठन र नेपाल खेलकुद नगर महासंघ गठन गरिएको छ ।

त्यस्तै गरी रबिन राईको अध्क्षतामा ११ सदस्य नेपाल भुमिहिन तथा सुकुम्बासी जिल्ला संगठन निमार्ण गरिएको छ । उपाध्यक्षमा ओली माया बस्याल र सचिवमा कुमार घर्ती मगर रहेकाछन् । सोहि अवसरमा कोमल राईको अध्यक्षतामा २१ सदस्य रिटरनी फेडेरेसन नेपाल जिल्ला संगठन गठन गरिएको छ ।उपाध्यक्षमा खड्गबहादुर भट्राई , सचिवमा रबिन खड्गी र सहसचिवमा मोहोन थापा मगर रहेकाछन् ।
कार्यक्रम जिल्ला कमिटी सदस्य होम माया मगर कमलाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि एमाले पार्टिका केन्द्रिय सदस्य तथा प्रदेश संसद बिना देवि राई रहनुभएको थियो ।

त्यस्तै गरी कार्यक्रमा सम्बोधन गर्दै प्रमुख अतिथि बिनादेवि राई , जिल्ला पार्टी अध्यक्ष ईन्द्रमणि पराजुली , उपाध्यक्ष चिन्तन तामाङ, सचिव निरन राई , उपसचिव शिब आङ्ला पार्टीका कार्यलय सचिव नैना रुचालल लगायतले नेकपा एमाले पार्टीले मात्र भुमिहिनहरुलाई भुमिको व्यवस्था गर्ने बताएका छन् । विगतमा पनि एमाले पार्टीले मात्र नेपालका सुकुम्बासीहरुको मागको सम्बोधन गर्दै भुमिको व्यवस्था गर्दै आईरहेको बताएका थिए ।

त्यस्तै गरी उनिहरुले खेलकुद क्षेत्रको विकासले मात्र युवाको संरक्षण तथा वृद्धि विकास हुने भन्दै नगर खेलकुद संगठनमा निर्वाचित पदाधीकारीहरुलाई शुभकामना दिएका थिए । सोहि अवसरमा नेताहरुले विदेश बाट फर्केका युवाहरुलाई आगामी दिनमा पार्टीले निति बनाएर बैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय